Skin_Hospital_Dhn

हरिराम पार्कीले ल्याए पहिलो डेउडा गीत ‘अधुरो पिरती’ [भिडिओसहित]

डडेल्धुरा: गायक हरिराम पार्की ‘हरपल’ को पहिलो डेउडा गीत ‘अधुरो पिरती’ सार्वजनिक भएको छ। निरन्तर मिडिया युट्युब च्यानलमार्फत् आइतबार सो गीत सार्वजनिक भएको हो। उक्त गीतमा हरिराम पार्की र गौरी ओझाको स्वर छ।

बैतडीको मेलौली नगरपालिका–३ मा जन्मेका पार्कीको यो पहिलो डेउडा गीत हो। उक्त गीतमा भानुभक्त जोशीको शब्द र सुन्दर साउँदको लय तथा संगीत रहेको छ। उक्त गीतको भिडिओ सम्पादन भुपेस बुढा मगरले गरेका हुन्। गीतमा पहिलो प्रेम बिछोड भएर अर्कासँग बिहे भएको कुरालाई समेटिएको छ।

हेर्नुस् भिडिओ–

सम्बन्धित
Loading...