Skin_Hospital_Dhn

सर्वोच्चले लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गर्‍यो

काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेमाथिको विदेश यात्रा प्रतिबन्ध यथावत रहने भएको छ । यूएईमा आगामी सोमबारदेखि सुरु हुने विश्वकप लिग टु अन्तर्गतको श्रृंखलाका लागि खेल्न जान पाउँ भनी लामिछानेले बिहीबार दायर गरेको रिटमा सर्वोच्चले विदेश जाने अनुमति दिन अस्वीकार गरेको हो ।

यूएईमा आगामी सोमबारदेखि सुरु हुने विश्वकप लिग टु अन्तर्गतको श्रृंखलाका लागि खेल्न जान पाउँ भनी बिहीबार उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

लामिछानको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आइतबार पेशी तोक्न आदेश दिएको छ ।

यसअघि उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान रोक लगाएको थियो ।

धरौटीमा थुनामुक्त भएका उनले यही फागुन २ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जान नपाउने भएपछि सन्दीप सर्वोच्च गएका थिए । नेपालले आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई—दुई खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।

सम्बन्धित
Loading...