Skin_Hospital_Dhn

नेपाली सेना ज्यानको प्रवाह नगरी अहोरात्र खट्दै आइरहेको छ : पृतनापति थापा

धनगढी। नेपाली सेना आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खट्दै आइरहेको सुदूरपश्चिमका उपरथी पृतनापती विजय थापाले बताएका छन्।

महाशिवरात्रि तथा २६० औँ नेपाली सेना दिवसको अवसरमा श्रेष्ठ सुदूरपश्चिम पृतना हेड क्वाटर द्वारा आयोजना गरिएको विविध सैनिक प्रदर्शनी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाली सेनाले विश्वका विभिन्न राष्ट्रहरूमा शान्ति स्थापनाका कार्यहरूमा ख्याति कमाउनुका साथै जनताको सहयोगबाट राष्ट्र विकासको कार्य देखी विभिन्न कालखण्डमा राष्ट्रमाथि आएको आपत्ति विपत्तिमा आफ्नो ज्यु ज्यानको प्रवाह नगरी अहोरात्र खट्दै आइरहेको पृतनापति थापाले
बताएका छन् ।
उनले भने ‘विगतको कोभिड १९ को महामारीमा समेत जनताको प्राण रक्षाको लागी आफ्नो सुरक्षा र जोखिमको प्रवाह नगरी नेपाली सेना खट्दै आइरहेको छ । नेपालमा विभिन्न समयमा आइरहेको बाढी, पहिरो, आगलागी लगायत अन्य बिपतका घटना तथा महाभूकम्पहरूमा जनताको रक्षा खोज तलास र राहत प्रदान कार्यको लागी अहोरात्र खटी नेपाली सेनाले जन विश्वास जित्न सफल भएको छ ‘।

 

यस किसिमको प्रदर्शनी प्रदेश स्तरमा समेत आयोजना गरिएमा प्रदेशमा रहेका जनताहरूले समेत नेपाली सेनाबारे जान्ने बुझ्ने र चिन्ने अवसर प्राप्त गरी नेपाली सेनाप्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि हुने विश्वास लिएको समेत बताए ।
Loading...