काठमाडौं।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने छ भने बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो र राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागका केही ठाउँमा हल्का हिमपात हुनेछ । त्यस्तै, भोलि आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागमा मौसम बदली भई एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।