
काठमाडौँ ।
आज (शनिवार) नेकपा (एमाले)को सचिवालयको बैठक बस्दैछ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार गठबन्धनको भविष्यको बारेमा नयाँ निर्णय लिन बैठक बस्न लागेको हो।

बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
बैठकमा राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारेमा मूख्य एजेण्डा रहेका छन्।
