आजको मौसम: देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली

काठमाण्डाै ।

देशका पहाडी क्षेत्रमा आज (आइतबार) मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश एक र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली छेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । एक/दुई दिन मौसम यस्तै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्षको हिउँद सकिने क्रममा छ ।

सामान्यतया नेपालमा मंसिर मध्यदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद मानिन्छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...