गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ

धनगढी ।
कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–२ पहाड रोड नेचुरल होटल नजिकैबाट १ ग्राम ७०० मिलिग्राम लागूऔषधसहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

डोटी जोरायल गाउँपालिका–४ का ३१ बर्षीय भिमबहादुर मडै र २५ वर्षीय उद्वबबहादुर बिक १ ग्राम ३०० मिलिग्राम लागूऔषध खैरोहिराइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...