Skin_Hospital_Dhn

लामिछाने जेल जान्छन् कि घर ? सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं ।
आजका लागि सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको सुनुवाइ तोकिएको छ । एक नाबालिग किशोरीमाथि जबरजस्ती करणीको अभियोग लागेका लामिछानेलाई फेरि थुनामा पठाउने कि धरौटीमा छोड्ने भन्ने बारेमा सर्वोच्चले आज टुंगो लगाउने सम्भावना रहेको छ ।

युएईमा हुने खेलमा आफू पनि सहभागी हुन पाउँ भनी लामिछानेले बिहीबार सर्वोच्चमा हालेको रिटको सुनुवाइ शुक्रबार भएको थियो । सर्वोच्च्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछाने विदेश भ्रमणमा जान नपाउने आदेश दिएको थियो ।

आजको सुनुवाइमा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

सम्बन्धित
Loading...