Skin_Hospital_Dhn

धर्मदेव पशुपति कप ब्याडमिन्टनको उपाधि अधिकारी र लिङ्गथेपको जोडीलाई

धनगढी ।
कैलालीमा जारी धर्मदेव पशुपति स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९, को उपाधि विधान अधिकारी र प्रविन लिङगथेपको जोडीले जितेको छ ।

विवेक न्यौपाने र मनोज फौदारको जोडीले भने उपविजेता चित्त बुझाएको हो ।

हिजो (शनिकार) सम्पन्न देशकै सर्वाधिक पुरस्कार राशिको विजेता टिमले ट्रफी,मेडल सहित नगद एक लाख २१ हजार हात पारेको छ भने उपविजेता चित्त बुझाएको विवेक न्यौपाने र मनोज फौदारको जोडीले ७१ हजार नगद सहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

त्यस्तै, तृतीय हुन सफल प्रनिस सिंह ठकुरी र विशाल बस्नेत तथा दीपक राना र खाम मल्ल ठकुरीको टोलीले नगद ५१ हजार र ट्रफी हात परेका छन् । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त प्रतियोगितामा देशभरका २० टोलीले सहभागिता जनाएका थिए ।

धर्मदेव पशुपति स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

 

सम्बन्धित
Loading...