Skin_Hospital_Dhn

निर्वाचनमा जितेका प्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ छिरे

निर्वाचनमा जितेका प्रतिनिधि गाउँमा मतदातालाई धन्यावाद दिन तथा आभार व्यक्त गर्न गाउँ छिरेका छन्।

कैलाली । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन अघि गाउँमा भोट माग्न पुगेका नेता तथा कार्यकर्ताहरू निर्वाचनको मतपरिणामपछि पनि निर्वाचनमा जितेका प्रतिनिधि गाउँमा मतदातालाई धन्यवाद दिन तथा आभार व्यक्त गर्न गाउँ छिरेका छन्।

निर्वाचनको मतपरिणामपछि मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका वीरबहादुर बलायरगाउँमै फर्किएका छन्। नेताले जितेपछि गाउँ फर्किदैनन् भन्ने आम मतदाताको गुनासो चिर्न अहिले गाउँघरमै आएको , निर्वाचनको मत परिणाम आएको दिनदेखि नै आफू कैलाली क्षेत्र नम्बर ४ को गाउँघरमै मतदातामाझ आभार प्रकट गर्न र धन्यवाद दिन गएको उनले बताए।

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदमा विजयी डिल्लीराज पन्त पनि धनगढीका सबै वडामा छिरेका छन्। उनी लोकतान्त्रिक–वाम गठसाझा उम्मेदवारबाट प्रदेश सभा सदस्य पदमा विजयी नेकपा माओवादीका रमेश धामीलाई लिएर गाउँगाउँमा छिरेका हुन्। ‘ निर्वाचनमा विजयी भएपछि आफू पनि गाउँमै रहेको कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ‘ख’मा विजयी प्रकाशबहादुर बमले बताए।

 

Loading...