
प्युठान: ऐरावती गाउँपालिका–६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका छन्। विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी केशव केसीले जानकारी दिए।
मृतक शिक्षकको घर कैलालीको टीकापुर हो। विद्यालयमा बस्दै आएका शिक्षक पालिकामा तालिमबाट फर्किने क्रममा घटना भएको प्रहरीले अनुमान गरेको छ।

प्रहरीका अनुसार मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको सूचना अधिकारी केसीले बताए। घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
