कैलालीमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी: कैलालीमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार राति लम्कीचुहा नगरपालिका–४ बलियास्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र–२–०३–००१ क २०२७ नम्बरको क्रिनले स्थानीय ४२ वर्षीय किरणप्रसाद शर्मालाई पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
क्रेन र चालक धनगढी उपमहानरपालिका–१९ बस्ने २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।