
काठमाडौं: नेपाली स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्।

बीबीएलले बुधबार बिहान सार्वजनिक गरेको खेलाडी ड्राफ्टको सूचीमा सन्दीप र ललित पनि अटाएका हुन्। आसन्न सिजनको बीबीएल ड्राफ्ट १ सेप्टेम्बरमा हुनेछ।

सन्दीप गत संस्करणको बीबीएल ड्राफ्टमा पनि थिए। तर, उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन्। ललित भने पहिलोपटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा परेका हुन्।
