
डडेलधुरा ।
डडेलधुराबाट चितुवाको ४ किलो हड्डी सहित २ जनालाई हिजो (शनिवार) राति प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका—५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलो सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका—१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका—७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
