Skin_Hospital_Dhn

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौँ: राष्ट्रपति रामचनद्र पौडेलद्वारा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणिकरण भएको छ।

संघीय संसद्‌का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज बिहीबार प्रमाणीकरण गरिएको हो।

सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अब यस विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ।

सम्बन्धित
Loading...