बझाङमा भूकम्पको धक्का नयाँ सन्देश प्रकाशित मितिः २०८१, भदौ १३ बझाङ: बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले थाहाखबरलाई जानकारी दिए। भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।