
धनगढी ।

बैङ्कहरूको चर्को ब्याजदर बिरुद्ध उद्योगी व्यवसायीहरूले सोमबारबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज (आइतबार) धनगढीमा पत्रकार सम्मेलन गर्दै भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने बताएको हो ।
भोलि देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
भोलि बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
