Skin_Hospital_Dhn

महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

जनकपुरधाम: धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ।

हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन्। उनी ज्यालादारीमा कर्मचारी थिए।

आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए।

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–४ का प्रकाश यादव रहेका छन्। घटनाको विषयमा थप अनुसन्धान भैरहेको डीएसपी आवाले बताए।

सम्बन्धित
Loading...