
काठमाडौँ ।
कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् ।


उच्च अदालत पोखराले आज (आइतबार) पुनरावेदनको सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय तोकेको थियो भने तनहुँ जिल्ला अदालतले शाहलाई निर्दोष ठहर गरेको थियो ।
एक वर्षयता कारागारमा रहेका शाह यो आदेशसँगै अब जेलमुक्त हुने भएका छन् ।
