
धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका– ८ जोनापुरबाट सोही ठाउँ बस्ने ३८ वर्षीय दिलबहादुर चौधरीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

चौधरीको शरिर तथा घरमा खानतलासी गर्दा २९० मिलिग्राम लागुओऔषध र घर बाहिर लुकाई राखेको अवस्थामा २ केजी लागुऔषधसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो।
