Skin_Hospital_Dhn

मृत्युको हल्ला फैलिएकोबारे ‘काजी साब’ले खोले मुख !

काठमाडौं: अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन्। केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे।

‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ। म सकुशल छु। बाहिर मेरो मृत्युको हल्ला फैलिएछ। कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ उनले भने।

आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समे व्यस्त रहेको उनले बताए। ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ। यसले मेरो आयु बढायो,’ उनले भने।

अधिकारी निकट कलाकार गोपाल ढकाल ‘छन्दे’का अनुसार टिकटक ब्यान्ड हुनुअघि सेयर भएको एक भिडियो यतिबेला पुनः भाइरल भएपछि मृत्युको हल्ला फैलिएको हो। ‘त्यतिबेला काजी बा (अधिकारी)ले नै त्यस्तो भिडियो पोस्ट गर्नेलाई कारवाही नगर्न भन्नुभएपछि त्यत्तिकै छोडिएको थियो। त्यही भिडियो यतिबेला फेरि पोस्ट भएछ,’ ढकालले भने।

अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन्। यसबाहेक उनी अन्य टिभी श्रृंखलामा समेत व्यस्त छन्।

सम्बन्धित
Loading...