Skin_Hospital_Dhn

आइसिसी विश्वकप क्रिकट लिग—२ : सिरिजको पहिलो खेलमा आज नेपालले पिएनजीसँग खेल्दै

काठमाडौँ ।
आइसिसी विश्वकप क्रिकट लिग—२ अन्तर्गत नेपालले प्रतियोगिताको २९ औँ खेलमा आज (सोमबार) पपुवा न्युगिनी (पिएनजी) सँग प्रतिस्पर्धा गर्दैछ।

युएई भ्रमणमा रहेको नेपालले लिग—२ अन्तर्गत ४ वर्षे यात्राको अन्तिम चरणमा रहेको नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित सिरिजको औपचारिक सुरुवात गर्दैछ ।

नेपालले सिरिजको पहिलो खेलमा आज पिएनजीसँग खेल्दैछ। नेपाली समय अनुसार खेल ११ः४५ मा दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ। नेपालले २८ खेलको समाप्तीमा २६ अंक बनाएर पुछारबाट दोस्रो स्थानमा छ । तर नेपालको शीर्ष तीनको सम्भावना कायमै रहेकाले युएई सिरिजलाई महत्त्वका साथ हेरिएको छ।

यसअघि घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिजका सबै ४ खेलमा जितेर आत्मविश्वासी बनेको नेपाल सोही लयलाई कायम राख्दै सुखद नतिजा ल्याउने प्रयासमा रहेको छ । नेपाल, युएई र पिएनजी सम्मिलित सिरिज खेल्न लागेको यो दोस्रो पटक हो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पिएनजीलाई दुवै खेलमा पराजित गरेको थियो। तर लगत्तै नेपालमा भएको नेपाल र पिएनजीबीचको दुई मैत्रीपूर्ण खेलेको सिरिजमा भने नेपाल पराजित भएको थियो । घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पिएनजीसँग पराजित भएको थियो ।

जारी लिगको यात्रामा पिएनजी भने पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। उसको २८ खेलमा केवल ५ अंकमात्रै रहेको छ ।

नेपाल र पिएनजीबीच कुल ६ खेल भएका छन् । जसमा नेपालले ४ तथा पिएनजीले २ खेलमा जित हासिल गरेको छ ।

सम्बन्धित
Loading...