Skin_Hospital_Dhn

कैलालीबाट हेरोइनसहित एक युवक पक्राउ

धनगढी: कैलालीबाट लागुऔषध (हेरोइन)सहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ अत्तरियाबाट स्थानीय २७ वर्षीय कैलाश चौधरी हेरोइनसहित पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपले पैदल हिँडिरहेको अवस्थामा खान तलासी गर्दा कैलाशको साथबाट हेरोइन १४० मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सम्बन्धित
Loading...