महेन्द्रनगर: गृहमन्त्री रमेश लेखक मंगलवार गृहजिल्ला कञ्चनपुर आउन लागेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांंसद कांग्रेस केन्द्रीय सदस्य लेखक गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउन लागेका हुन्।
नेपाली कांग्रेस कञ्चनपुरले गृहमन्त्री लेखकको पार्टीको कार्यक्रम सार्वजनिक गरेको छ। कांग्रेस जिल्ला सचिव भीमराज भट्टले विज्ञप्ति जारी गरी गृहमन्त्री लेखकको पार्टी कार्यक्रम सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्।