धनगढीः कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुणको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो। उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइन्छ।