Skin_Hospital_Dhn

अपाङ्ग महिलालाई बलात्कार, आमाले नै देखेपछि परिवार मिलेर प्रहरीमा उजुरी

बैतडी ।
बैतडीमा एक पुरुष २४ वर्षीय अपाङ्गता महिलालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

जिल्लाको मेलौली नगरपालिका –७,का ५६ वर्षीय तारा दत्त भट्टले २४ वर्षीय अपाङ्गता महिलालाई बलात्कार आमाले नै देखेपछि परिवार मिलेर प्रहरीमा उजुरी दिएका हुन् ।

शनिबार ५६ वर्षीय भट्टले अपाङ्गता भएकी महिला माथि बलात्कार गरि रहेको महिलाकी आमाले प्रत्यक्ष देखेपछि आईतबार प्रहरीमा उजुरी दिएको पिडीत परिवारको भनाई छ ।

पीडितले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएपछि आरोपी ५६ वर्षीय रामदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितलाई आरोपी भट्टले यसअघि पनि जबरजस्ती करणी गरेको स्वीकार गरेको भिडियो समेत महिलाका आफन्तले सार्वजनिक गरेपनि आरोपी पुरुषले महिलाका आफन्तले जबरजस्ती बोल्न लगाएको बताएका छन् ।

सम्बन्धित
Loading...