
धनगढीको राजश्री फुड इन्डस्ट्रिजको धुलोधुवाँले राजपुरका बासिन्दालाई हैरानी
धनगढी उपमहानगरपालिका १३ राजपुरमा अवस्थित राजश्री फुड इन्डस्ट्रिजबाट निस्केको धुलोधँवाले स्थानिय बासिन्दाले हैरानी खेप्नुपरेको छ ।
धनगढी । धनगढी उपमहानगरपालिका १३ राजपुरमा अवस्थित राजश्री फुड इन्डस्ट्रिजबाट निस्केको धुलोधँवाले स्थानिय बासिन्दाले हैरानी खेप्नुपरेको छ ।
राजश्री फुड इन्डस्ट्रिजको धानको भुस निकासा हुने प्लान्ट बाट निस्कने धुलोधुँवाले फुड इन्डस्ट्रिज वरिपरिका घरधनी र पसल व्यापारीहरुलाई गाह्रो परेको हो ।

इन्डस्ट्रिज बाट निस्केको भुसको धुलोले सास फेर्न समेत गाह्रो हुने, खोकी लाग्ने र आफ्नो किराना पसल वरिपरिपरि दिनहुँ बाक्लो धुलो बसेर हैरान भएको किराना पसलका दीप्रेन्द्र थवालले बताए ।
‘आज भन्दा २५- ३० बर्ष अगाडिको बासिन्दा म ,जति बर्ष बसेको भयो त्यति नै समय देखि यो कम्पनी बाट निस्केको धुलो खाएर बसेको छु ,हामीले पटक -पटक जानकारी गराउदा पनि उनीहरुले व्यवस्थापन तिर ध्यान दिएका छैनन् ‘। स्थानिय दिपक पुजाराले भने । आफु एलर्जी बाट ग्रसित छु , धुलोले अझ गार्हो हुँदा पनि सहनु परेको छ । उनीहरुले कयौं पटक बहाना बनाए आफ्नो जमिन छैन व्यवस्थापन गर्छौ भने ,आफ्नै जग्गा पनि किने तर पनि समस्या जस्ताको त्यतै छ ,उनले बताए ।

आफुले कपडा पसल गरे देखि लुगा शो गर्न बाहिर समेत राख्न नपाएको र लुगा बाहिर राखेपनि धुलोले पुरानो लुगा हो भन्ने सोचेर ग्राहक समेत फर्केर जाने गरेको र आफु दिनभरि कपडाको धुलो झार्द बस्ने गरेको कपडा पसलका केशव रोस्याराले बताए ।
कम्पनीको धुलो ले त सास्ती गरेकै छ, त्यो सङ्गै कम्पनीले हाम्रो पसल अगाडि ढल निकास गर्ने गरेकाले पानी जम्मा भएर धेरै लाम्खुट्टे आउने साथै झिंगा समेतले रोगव्याधिको डर पनि उतिकै छ भनी किराना पसल गरेर बसेका तपराज पाण्डेले दुखेसो पोखेका छन् ।
यता वडा नम्बर .१३ का वडाअध्यक्ष विजय राज जोशीले कम्पनीमा सरोकारवालाहरु सङ्ग धेरै पटक कुरा गरेका छौ तर कम्पनीले वास्ता नगरि आफ्नो फाईदाका लगि समुदायमा प्रदुषण फैलाएकाले स्थानीयहरुको गुनासो जायज भएको बताए ।
धानगहुँको भुसबाट निस्कने धुलोधुवाँले दमका बिरामी लाई झन् गारो हुदै जाने र बिरामी नभएका लाई पनि दम गराउने क्षमता राख्ने साथै असाध्यै खोकी लाग्ने , स्वाँ -स्वाँ हुने र सास फेर्न गार्हो हुने , एमबीबीएस एमडी , पेट , छाती ,मुटु ,बाथ तथा नशा रोग विशेषज्ञ डा निराजन दत्त शर्मा पौड्यालले बताए । यस्ता बिरामीहरुको एक्स – रे हेर्दा धुलोको कण देखिने र सास नलीमा जाम हुने समस्याहरु हुने उनले बताए ।
यता राजश्री फुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोज अग्रवालले भने कम्पनीले स्थानीयलाई असर नगर्ने गरी प्लान्टको व्यवस्थापन गरेको बताएका छन् ।
