Skin_Hospital_Dhn

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

बझाङ ।
बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका—६ पुजारी गाउँका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर हिजो (आइतबार) दिउँसो मृत्यु भएको हो ।

आफ्नै घर नजिकै रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...