Skin_Hospital_Dhn

नेप्से परिसुचक ३.६५ अंकले ओरालो, एक अरब ८९ करोड बढीको कारोबार

काठमाडौं ।
साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से परिसुचक ३.६५ अंकले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागेर २०२३.५४ बिन्दुमा रोकिदा आज ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अरब ८९ करोड १७ बढी पुगेको छ ।

यस्तै १५९ कम्पनीहरूको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९ प्रतिशतले वृद्धि भएको छ । यता, हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज (सोमबार) १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

सम्बन्धित
Loading...