Skin_Hospital_Dhn

नेकपा एमालेबाट मन्त्री बनेकाहरूले दिए प्रधानमन्त्री “प्रचन्ड” समक्ष राजीनामा

काठमाडौं ।
नेकपा एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्री “प्रचन्ड” समक्ष राजीनामा दिएका छन् ।

आज (सोमबार) एमाले सचिवालय बैठकले सरकार छाड्नुका साथै समर्थन फिर्ता लिने निर्णय गरेपछि उपप्रधानमन्त्री विष्णु पौडेलसहित ८ जना मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

सम्बन्धित
Loading...