Skin_Hospital_Dhn

आईसीसी विश्वकप क्रिकट लिग–२ : नेपालले पायो २०४ रनको लक्ष्य

काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकट लिग–२ अन्तर्गत युएईमा सुरु पहिलो खेलमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)ले २०४ रनको लक्ष्य दिएको छ । पुरै ५० ओभर खेलेको पीएनजीले ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।

नेपालले समग्रमा प्रतियोगिताको २९ औँ खेलमा आज पपुवा न्यु गिनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीका लागि चाद सोपर र कप्तान असाद भालाले समान ३६–३६ रन बनाए । त्यस्तै, सेसे बाउले ३१ रन बनाउँदा किपलीन दोरिगाले २९ रन बनाए। थप दोहोरो स्कोरका रुपमा नोर्मान भनुवाले २५ रन बनाउँदा हिरी–हिरीले १० रन बनाएका थिए ।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट हात पारे । त्यस्तै, सोमपाल कामी, करण केसी र आजै डेब्यु गरेका प्रतिश जिसीले समान १–१ विकेट हात पारेका थिए ।

नेपाल जारी सिरिज सुरु हुनुअघिसम्म २८ खेलको समाप्तिमा २६ अङ्क बनाएर पुछारबाट दोस्रो स्थानमा छ । तर नेपालको शीर्ष तीनको सम्भावना कायमै रहेकाले युएई सिरिजलाई महत्वका साथ हेरिएको छ।

सम्बन्धित
Loading...