Skin_Hospital_Dhn

एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयन हुन्छ : लेखक

महेन्द्रनगर: गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको लागि गत असार १७ गते भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री लेखकले एमालेसँगको सहमति कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

‘एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुस्, कांग्रेस इमानदार छ। दुवै दल इमानदार छौँ’, उनले भने। एमालेको ७ बुँदे सहमति पार्टी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने पनि बताए।

सम्बन्धित
Loading...