Skin_Hospital_Dhn

लामिछाने विदेश जान पाउने सर्वोच्च अदालतको फैसला

काठमाडौँ ।
सर्वोच्च अदालतले आज (सोमबार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने विदेश जान पाउने आदेशसहितको फैसला सुनाएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो फैसला सुनाएको हो ।

योसँगै उनी अव विदेश पनि खेल्न जान पाउने भएका छन् । ‘बलात्कार आरोपमा उजुरी परेपछि पनि प्रतिवादीले विदेशबाट नेपाल आएर अनुसन्धानमा सहयोग गरेको देखिन्छ,’ अदालतको फैसलामा भनिएको छ, ‘निज प्रतिवादी अन्तराष्ट्रिय स्तरको खेलाडी भएकोले रोक लगाउने लगाउनुपर्ने कुनै दावी पुग्दैन ।’

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका युएईमा हुने खेल खेल्न जान पाउनुपर्ने माग गर्दै सन्दीपका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो ।

नाबालिकमाथि जबरजस्ती करणी गरेको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतको आदेश थियो । तर, उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान नपाउनेलगायत शर्त राखेर थुनामुक्त गर्ने निर्णय गरेपछी उनी धरौटीमा रिहा भएका हुन् ।

सम्बन्धित
Loading...