Skin_Hospital_Dhn

आइसिसी विश्वकप क्रिकट लिग—२ : २८ बल बाँकी छँदै नेपालको पपुवाविरुद्ध ४ विकेटको जित

काठमाडौँ ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ मा नेपालले २८ बल बाँकी छँदै पपुवा न्युगिनीविरुद्ध ४ विकेटको जित निकालेको छ।

२०४ रनको लक्ष्य पाएको नेपालले २८ बल बाँकी छँदै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपालका लागि ओपनर ब्याटर कुशल मल्लाले सर्वाधिक अर्धकतकीय पारी खेले । त्यस्तै आशिफ शेखले ४४ रन बनाए ।

कप्तान रोहित पौडेल २० रनमा आउट हुँदा आरिफ शेखले ३३ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

नेपालका तीव्र गतिका बलर गुसन झाले आज ३ विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए भने कुशल मल्ल र सोमपाल कामीले नटआउट पारी खेले ।

यो नेपालको लगातार पाँचौँ जित हो । यसअघि त्रिवि खेल मैदानमा भएको आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको सबै खेलमा जित हासिल गरेको नेपालले स्कटल्यान्ड तथा नामिबियालाई २/२ पटक हराएको थियो।

यूएईमा भइरहेको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २०३ रन बनाएको थियो।

शीर्ष तीनमा परेर एक दिवसीय विश्वकप छनोटमा खेल्न नेपालले बाँकी ८ मध्ये ५ भन्दा बढी खेलमा जित निकाल्नुपर्ने हुन्छ ।

यसैले सहभागी सात टिममध्ये पुछारमा रहेको पपुवा न्युगिनीविरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । उसँगका दुवै खेल जित्न सके नेपालको अंक ३० पुग्नेछ ।

नेपालले अब आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ ।

सम्बन्धित
Loading...