
धनगढी ।
२ वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन् । बझाङ जिल्लाको २ वर्षीया बालिकामाथि बलात्कारगरेको आरोपमा खप्तड छान्ना गाउँपालिका—७ का ६८ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन् ।

शुक्रबार साँझ ती वृद्धले बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितको उजुरीका आधारमा ती वृद्धलाई पक्राउ गरिएको बताएका छन् ।
अहिले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको समेत उनले बताए ।
