Skin_Hospital_Dhn

आजको मौसमः देशका पहाडी भु—भागमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना

काठमाडौँ ।
हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (मङ्गलवार) दिउसो देशका पहाडी भु—भागमा आंशिक देखी सामान्य बदली रही वाकी भु—भागमा मौसम सफा रहनेछ ।

देशका पहाडी भु—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भु—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति भने देशको पहाडी भु—भागमा आंशिक बदली रही वाकी भु—भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भा—भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाकोे सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भु—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...