
महेन्द्रनगर ।
भारतबाट भन्सार छली गरी ल्याइएको अबैध औषधी बरामद गरिएको छ । हिजो (सोमबार) कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ३ भाषी पुल नजिकबाट दशलाख २१ हजार ४ सय रकम बराबरको अबैध औषधी बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डांगीका अनुसार बिशेष सुराकीको आधारमा उक्त कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएको अवस्थामा कर छलीको अषौधी बरामद गरिएको थियो ।

बरामद गरिएको औषधीमा आठ सया दश पत्ता, सेगोप्लेक्स, एक हजार पत्ता बोनेभेट र एक हजार असि पत्ता न्यूरोम्याक्स रहेको छ । वेवारिसे अवस्थामा फेला पारीएको उक्त औषधी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाईएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले जानकारी दिएका छन् ।
