Skin_Hospital_Dhn

आज राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागी आज (मंगलवार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचान कार्यतालिका अनुसार आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय छ।

त्यसपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेपालको चौथो राष्ट्रपतिका लागि २ जनाको उम्मेदवार परेको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

पौडेललाई कांग्रेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्रसमेत ८ दलको समर्थन छ ।
निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य ३३२ र ७ वटै प्रदेश सभाका सदस्य ५५० गरी ८८२ मतदाताले मतदान गर्ने छन्।

संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदान स्थल तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

सम्बन्धित
Loading...