Skin_Hospital_Dhn

धनगढीबाट लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

धनगढी ।
धनगढीबाट अवैध लागू औषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढी उप—महानगरपालिका—९ त्रिबेणीघाटबाट हिजो (सोमबार) राजेश रानालाई अवैध लागू औषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उप—महानगरपालिका—८ धनगढी गाउँ बस्ने २६ वर्षीय राजेश रानालाई हिजो (सोमबार) साँझ अस्थायी प्रहरी पोस्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रूपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ ग्राम ३ सय ९० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...