Skin_Hospital_Dhn

कैलालीबाट अवैध लागू औषध खैरो हेरोइनसहित दुइ जना पक्राउ

धनगढी ।
कैलालीबाट अवैध लागू औषध खैरो हेरोइनसहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका—६ का जयकिशन चौधरी, गोदावरी नगरपालिका—५ का ओकेन्द्र चौधरी र सोही नगरपालिका—६ का विष्णु चौधरीलाई हिजो (मङ्गलवार) प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका—९ बल्मीबाट १ सय ८० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइनसहित सोही नगरपालिका—६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई मङ्गलवार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा उक्त लागू औषधसहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको थियो ।

यसैगरी गोदावरी नगरपालिका—५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका—६ भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई १ ग्राम ८ सय ३० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइनसहित मङ्गलवार दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय ७० मिलिग्राम उक्त अवैध लागू औषधसहित फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...