कञ्चनपुरमा युवक मृत फेला

Kanun123

कञ्चनपुरमा युवक मृत फेला परेका छन । उनि साथीको घर गएर सुतेको क्रममा मृत फेला परेका हुन। जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै जना साथी हुन्। उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेका हुन्। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...