इटालियन सिरी ‘ए’ : युभेन्ट्ससंग टोरिनो पराजित

काठमाडौँ ।
युभेन्ट्ससंग टोरिनो ४–२ ले पराजित भएको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा टोरिनो ४–२ ले पराजित भएको हो ।

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा युभेन्ट्सको पुनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटकाले गोल गरेर जीत पक्का गरेका हुन्।

Gaurishankar Dental

एलिएन्ज स्टेडियम टोरिनोमा हिजो (मंगलबार) राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट खेलमा पछि परेको युभेटसलाई १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरीमा फर्काएका थिए ।

४३औं मिनेटमा एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो तर पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने दोस्रो हाफ युभेन्टको पक्षमा पार्दै ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे।

यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत् रहेको छ भने टोरिनो ३१ अंकसहित नवौं स्थानमा छ।

सम्बन्धित
Loading...