सत्ता समीकरण बदलिएपछिको प्रतिनिधिसभा बैठक बस्दै, काँग्रेस र एमाले प्रतिपक्षी बेञ्चमा

काठमाडौं ।
सरकारमा सत्ता समीकरण बदलिएपछि पहिलो पटक आज (बुधवार) प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारमा सत्ता समीकरण बदलिएपछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा भर्खरै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग राष्ट्रपतिमा आफूलाई समर्थन गर्न मनाएको काँग्रेस पनि प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ ।

त्यस्तै, एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिसकेको अवस्थामा यसअघिको सत्ता साझेदारको रुपमा रहेको नेकपा एमाले पनि आजको बैठकमा प्रतिपक्षी बेञ्चमै बस्नेछ ।

काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको अवस्थामा प्रतिपक्षी कुर्सीमा बस्न नहुने कानून विदहरुले टिप्पणी पनि गर्दै आएपनि काँग्रेसले भने आफूहरु सरकारलाई समर्थन गरेकै अवस्था भएपनि सरकारमा सामेल भइनसकेको अवस्थामा प्रतिपक्षी बेञ्चमै बस्ने जनाएको छ ।

सम्बन्धित
Loading...