Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको हो ।

आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले बैठक मिति २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरूलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

सम्बन्धित
Loading...