Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशलाई पर्यटकको हब बनाउन सहकार्य गरौँ : मुख्य मन्त्री शाह

धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहसहित तिन जना मन्त्रीहरूले आज (बुधवार) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण गरेका छन् । उनीहरूले “आन्तरिक पर्यटन पुनः उत्थान समिति सुदूरपश्चिम (नाटा) को निमन्त्रणा मा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन भ्रमण गरेका हुन् ।

अवलोकन भ्रमणमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र अर्थ मन्त्री नरेश शाहीको सहभागिता थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लाई पूर्वाधार र विकास गरी पर्यटकहरूको आवागमन र पर्यटनमुखी बनाउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहले बताए । “सुदूरपश्चिम प्रदेशको विकासका लागी पर्यटन क्षेत्रलाई अगाडि लैजाने सन्दर्भमा, पर्यटन क्षेत्रको संरक्षण, प्रवर्धन, विकासका लागी र विभिन्न लगानिकर्ताहरुलाइ यहाँ आकर्षक गर्नका लागी तपाइहरूसँग निरन्तर हामी छलफलमा रहनेछौ” मुख्यमन्त्री शाहले भने, “विशेष गरी पर्यटन व्यवसायी साथीहरूलाई म यो निवेदन गर्न चाहन्छु तपाइहरु निरन्तर अगाडी बढ्नुहोस् र हामीसँग संवादमा छलफलमा सदैभरि रहनुहोस् र यो समग्र क्षेत्रको विकास गरौँ ।”

“तपाइहरू सबै एकजुट भएर अगाडी बढ्दिनुहोला र त्यसमा हामीले हाम्रो तहबाट के गर्नुपर्ने हो हामी सधै अग्रसर रहनेछौ यो बिस्वास तपाइहरूलाई म दिलाउन चाहन्छु” उनले भने ।

सुदूरपश्चिम प्रदेश लाई पर्यटकको हब बनाउन सरकार तयार रहेको र निजी तथा अन्य सङ्घसंस्था सँग सहकार्य गरी पर्यटन मैत्री वातावरण र विकासमा जोड दिन उनले आग्रहसमेत गरे ।

सम्बन्धित
Loading...