Skin_Hospital_Dhn

केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जित्यो

काठमाडौँ ।

केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

खेलको पाँचौँ मिनेटमै अफिज ओलावालेको गोलमा मछिन्द्र क्लबले अग्रता बनाएको थियो। तर, जोर्डन जुनियर ओवनाले १८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । पहिलो हाफमै १-१ गोलको बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रले ५-३ गोलअन्तरले सातदोबाटोलाई पराजित गर्यो ।

पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरेका थिए । सातदोबाटोका अब्दुल अबुबकारीले गोल गर्न चुक्दा निरज चौधरी, दिपेनराज सिंह र एकराज बुढाथोकीले गोल गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजक युवा संघले जनाएको छ।

सम्बन्धित
Loading...