Skin_Hospital_Dhn

डिउटीमै बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु

बैतडी ।
कैलालीका प्रहरी सहायक हवलदारको बैतडीमा डिउटीमै बेहोस भएर मृत्यु भएको छ ।
कैलाली घर भएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीका क्रममा एक्कासि बेहोस भएर मृत्यु भएको हो।

मेलौली नगरपालिकाको सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार नविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनि हिजो (बुधबार) दिउँसो डिउटीमा बेहोस भेटिएका थिए उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो तर स्वास्थ्य केन्द्र पुगाउदा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

सम्बन्धित
Loading...