काठमाडौँ ।
इंग्लिस प्रिमियर लिगमा गए राति भएको खेलमा शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनमाथि आर्सनलले ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेको हो ।
इमिरेट्स स्टेडियम लन्डनमा हिजो (बुधबार) राति भएको खेलमा घरेलु टोली आर्सनलले ४०औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल गर्दै २–० को अग्रता दिलाए भने ७१औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले थप अघि बढाए ।
८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए।
यो हारपछि एभर्टन २१ अंक जोडेर १८औं स्थानमा सीमित छ भने जित निकालेको आर्सनल शीर्षस्थान कायम राख्दै २५ खेलबाट ६० अंक पुगाएको छ ।
