Skin_Hospital_Dhn

आज राष्ट्रपतिको निर्वाचनका लागि आठ दलका सांसदलाई प्रशिक्षण दिइदै

काठमाडौँ ।
नेपाली काँग्रेसबाट राष्ट्रपतिका संयुक्त उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदहरूलाई आज (बिहीबार) प्रशिक्षण दिइँदैछ ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुनेछन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण कार्यक्रम आज दिउँसो १ बजेदेखि प्रशिक्षण प्रारम्भ हुनेछ ।

प्रशिक्षणमा नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरू उपस्थित हुनेछन् ।

सम्बन्धित
Loading...