Skin_Hospital_Dhn

व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरिकन नयाँ शैलीको विरोध गर्ने

धनगढी ।
कैलालीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरिकन नयाँ शैलीको विरोध गर्ने भएका छन् । पछिल्लो समय बैंकले बढाएको चर्को व्याजदरविरुद्ध व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरिकन नयाँ शैलीको विरोध गर्ने भएका हुन् ।

बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

बैंकले ब्याजदरमा चर्को मूल्य बढाएपछि व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै केही दिनदेखि व्यवसायी आन्दोलननमा उत्रेका छन् । उनीहरुले दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका छन् ।

हिजो (बुधबार) व्यवसायीले ब्याजदर फिर्ता हुनुपर्ने माग गर्दै धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म बनाएपछि व्यवसायी आन्दोलित भएका हुन् ।

यसअघि मासिक सात देखि आठ प्रतिशत लिइँदै आएको ब्याजदर एकैचोटी बैंकहरुले आधाभन्दा बढी बढाएर १७ प्रतिशत बनाएपछि व्यवसायी आन्दोलनमा उत्रेका थिए । आफूहरुको माग सुनुवाई नभए आगामी चैत १ गतेदेखि थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनीहरुको चेतावनी छ ।

सम्बन्धित
Loading...